Open
  • Pulchowk, Lalitpur
  • 24 Hrs Open

के हो थाइराइड ? समस्या र समाधानका उपाय

थाइराइड घाँटीमा भएको एक अन्तःस्रावी (नली नभएको) ग्रन्थि वा अंग हो । यसबाट निस्कने हर्मोनहरुले शरीरका अनेकौं अंगका कामलाई नियन्त्रण र प्रभाव पार्ने गर्छन् । थाइराइड वा यससँग सम्बन्धित हर्मोनको उत्पादनमा कुनै अवरोध आएमा त्यसबाट धेरै भागमा समस्या उत्पन्न हुने हुन्छ ।cheap wigbest human hair wigs for black femalescheap lace front wigsonline wig storebest wigswigs salebest wig outletcheap human hair wigscheap human hair wigswig shopshuman hair wigs for black womenwholesale wigscheap human hair wigsbest human hair wigs
कतिपयले थाइराइडलाई नै रोग भन्ने गरेको पाइन्छ तर त्यसो होइन । थाइराइडमा विभिन्न रोगहरु लाग्छन् जस्तै– गलगाँड (Goiter), थाइराइडको हर्मोन कम उत्पादन हुने समस्या (Hypothyroidism) , थाइराइडको हर्मोन बढी उत्पादन हुने समस्या (Hyperthyroidism), थाइराइड सुन्निने (Thyroiditis) लगायत गाँठो आउने, मासु बढ्ने, क्यान्सर हुने आदि । यी समस्यामा हामी हाइपो र हाइपर थाइरायडिज्मका बारेमा चर्चा गर्नेछौं ।
हिजोआज थाइराइडसँग सम्बन्धित समस्या धैरैलाई भएको पाइन्छ । महिलाहरुलाई अटो इम्युन समस्या केही बढी मात्रामा देखिएको छ । सोही कारणले यो थाइराइड हर्मोनजन्य गडबडी पनि महिलामा नै बढी हुने गरेको पाइएको छ । धेरै वर्षपहिले गलगाँडलाई यसको कारणको रुपमा लिइन्थ्यो । तर हिजोआज जीवनशैली गडबडी तथा थाइराइड अटो इम्युनिटी समस्याका कारणले बढी भएको पाइन्छ । यसमा थाइराइड ग्रन्थिको हर्मोन उत्पादनको कार्यमा अवरोध आउने हुन्छ ।
यसरी नै थाइराइडमा हुने संक्रमणका कारण थाइराइडाइटिस भएमा समेत हर्मोन स्राव क्षमता नै ह्रास हुन्छ । चीन तथा अन्य देशहरुमा गरिएका विभिन्न अध्ययनले कम वा बढी मात्रामा आयोडिनयुक्त नून वा खाद्यवस्तुको प्रयोगका कारण पनि हाइपर तथा हाइपो थाइरायडिज्मलगायत थाइराइडका अन्य रोगहरु हुने देखाएको छ । हाम्रो देशमा पनि यो समस्या व्यापक भएकोमा यो पनि एक कारण हुन सक्छ । साथै जीवनशैलीको गडबडी पनि यो समस्याको एउटा मुख्य कारण रहेको अनेकौं अनुसन्धानहरुको निष्कर्ष छ ।
विभिन्न अध्ययनले कम वा बढी मात्रामा आयोडिनयुक्त नून वा खाद्यवस्तुको प्रयोगका कारण पनि हाइपर तथा हाइपो थाइरायडिज्मलगायत थाइराइडका अन्य रोगहरु हुने देखाएको छ ।
प्रयोगशालामा रगतमा थाइराइडको कामसम्बन्धी जाँच (Thyroid function test/T3,T4, TSH Test)  गरेमा थाइराइडसम्बन्धी रोग छ वा छैन भन्ने जान्न सकिन्छ । शंका लागेमा चिकित्सकले यस्ता परीक्षण गराउँछन् । टी थ्री र टी फोर हर्मोन थाइराइडबाट निस्कन्छ भने टीएसएच हर्मोन पिट्युटरी ग्रन्थिबाट स्राव हुन्छ, जसले थाइराइड ग्रन्थि र यसबाट निस्कने हर्माेनहरुलाई नियन्त्रण गर्दछ ।
हर्मोनको अति स्राव हुने समस्यालाई हाइपरथाइरायडिज्म भनिन्छ । यसमा थाइराइड बढी नै सक्रिय हुन्छ । शरीरमा टी थ्री र टी फोर हर्मोनको स्रावमा असन्तुलन आएर अनेक लक्षणहरु देखिन्छन् । जस्तै– तौल घट्दै गएर शरीर दुब्लो–पातलो हुने, भोक बढी लाग्ने, पेट गडबडी हुने, छाला पातलो र शुष्क हुने, रौंको विकास नहुने वा पातलो हुने, खुट्टाको अगाडिको भागको छालामा रातोपन देखिने पनि हुन सक्छ । यसमा मन आँत्तिएको जस्तो हुने, डर लाग्ने, नर्वस हुने, मुटुको धड्कन बढ्ने, रिस उठ्ने, झिँजोझर्को लाग्ने, काममा ध्यान नजाने, जीउ तात्तिने वा बढी गर्मी अनुभव हुने, पसिना बढी आउने, हातखुट्टा काँप्ने, निद्रा नलाग्ने, मन अस्थिर हुने, मुख सुक्ने आदि मानसिक रोगका लक्षणहरु पनि देखिन्छन् ।
हाइपोथाइरायडिज्ममा शरीरको मेटाबोलिक  क्रिया सुस्त हुन्छ र मुटुको चाल कम हुने तथा हृदयरोगको अनुभव हुने, जीउ गल्ने–थाक्ने, कपाल तथा छाला सुख्खा एवं फुस्रो हुने, तौल बढ्दै जीउ मोटाउन थाल्ने, नङ सजिलै फुट्ने–भाँचिने, मासु फर्किने हुन सक्छ ।
यस्तै गरी आलस्यता बढ्ने, निद्रामा गडबडी हुने अर्थात् धेरै सुतिरहन मन लाग्ने वा निद्रा नलाग्ने वा कम लाग्ने हुन्छ । चिन्ता र निराशापन एवं डिप्रेसनका केही लक्षणहरु आउने, कब्जियत तथा ग्यास्ट्रिकको समस्या हुने हुन्छ । त्यस्तै गरी गलगाँड सुन्निने, महिलाहरुमा मासिकस्रावमा कम–बढी रगत बग्नेलगायत अन्य गडबडी हुने, बाँझोपन हुनेजस्ता लक्षणहरु हुन्छन् ।
अनुहार फुल्ने, स्वर धोद्रो हुने, मांसपेशी कमजोर हुने, दुख्ने, अररो हुने, जोर्नी सुन्निनेजस्ता लक्षणहरु पनि देखिन सक्छन् ।
जुनसुकै समस्याको उपचारमा पनि खानपानको भूमिका प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रहेको हुन्छ । तर कतिपय विज्ञ चिकित्सक वा इन्डोक्राइनोलोजिस्टहरुसमेत थाइराइडको समस्यामा खानपानको भूमिका नरहने बताउँछन् । कतिपय अनुसन्धानहरुले चाहिँ हाइपोथाइरायडिज्ममा काउली, बन्दाकोभी, ब्रोकाउली, सलगम, भटमास, कोदो, ग्रीन टी आदिले थाइराइडको आयोडिनको प्रयोग गर्ने क्षमतालाई अवरोध गर्न सक्ने भएकोले त्यस्ता वस्तु खान नहुने निष्कर्ष निकालेको पाइन्छ । त्यसैलाई आधार मानेर बिरामीहरुमा हाउगुजी फैलिएको छ । तर यससम्बन्धी चिकित्सकहरु त्यसलाई त्यति धेरै महत्व दिन चाहँदैनन् ।
थाइराइडको हर्मोन गडबडीका कारण उत्पन्न समस्या तथा लक्षणहरुलाई साम्य पार्न खानपानको व्यवस्थापनको महत्वपूर्ण भूमिका रहेको कुरालाई कसैले इन्कार गर्न सक्दैन । कैयौं अनुसन्धानहरुले खानपानको प्रयोगद्वारा थाइराइडका गडबडीका कारण उत्पन्न मोटोपना, मुटुरोग, कब्जियत, मनका समस्याहरु, कमजोरी आदिमा भोजनमा सुधार ल्याएर उपचार गर्न सकिने देखाएको छ । यो एक अटोइम्युन रोगसमेत भएकोले रोग–प्रतिरोधक क्षमता बढाउन र भैपरि आउने समस्याको उपचार गर्न  खानपानको नियम पु¥याउनु जरुरी छ ।

https://www.khojtalashonline.com/news-detail/1145
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७, १३:५४:००

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">HTML</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*

Search